अनेरास्ववियू बाँकेले प्रधानमन्त्री ओलीको नेपालगन्जमा पुत्ला जलायो


नेपालगन्ज –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूह निकट विद्यार्थीहरुले नेपालगन्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध विद्यार्थीहरुले संसद विघटनको विरोध गर्दै नेपालगन्जमा बिहीबार प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्रीको पुत्ला जलाउँदै स्थानीय बि-पी- चोकमा प्रदर्शन गर्न निस्किएका विद्यार्थीहरुको समूहलाई प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले विद्यार्थीहरुको हातमा रहेका पुत्ला खोसेर निभाईदिएका थिए ।

प्रतिक्रिया