अनेरास्ववियू बाँकेले आज पूर्णता पायो: हेर्नुहोस् लिष्ट

नेपालगन्ज : तत्कालीन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबिच एकीकरण भएको लामो समयसम्म पनि पूर्णता पाउन नसकेको अनेरास्ववियू बाँकेले आज सम्पूर्ण कमिटीलाई पूर्णता दिएको छ ।
अनेरास्ववियूले नेपालगन्ज उपमहानगरपालिका संयोजकका उज्ज्वल गिरी, सह संयोजकमा ईन्दु केसी, कोहलपुर नगरपालिकामा संयोजक लक्ष्मण मानव आचार्य, सह संयोजकमा अंकित सिग्देल, खजुरामा सागर बि-क- , सह संयोजकमा  सरिता थापामगर मनोनीत भएका छन् ।

त्यसैगरी सबै स्थानीय तहमा र क्याम्पसहरुमा पनि जिम्मेवारी दिइएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको संयोजकमा ध्रुव जोशी, सह संयोजकमा सबिता सुनार, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा संयोजक अमृत खत्री , सह संयोजकमा दिपेन्द्र शाही मनोनीत भएका छन् ।

जिल्ला संयोजक सुरेन्द्र जङ्ग शाह जम्बो र सह संयोजक टेकेन्द्र मल्लले आज हस्ताक्षर गरेर साविक का दुवै संगठनबाट अनेरास्ववियु जिल्मा कार्यसमितिमा  क्रान्तिकारीबाट ३० जना र अनेरास्ववियुबाट ३१ जना मनोनीत गर्नेगरी टुङ्गोमा पुर्याएको जिल्ला संयोजक सुरेन्द्र जङ्ग  शाहले बताए ।

आज बसेको बैठकमा अनेरास्ववियूको केन्द्रीय सदस्य तथा  जिल्ला  फ्याक्सन सह इन्चार्ज सुर्य प्रकाश घर्ती , अनुशासन आयोग केन्द्रीय सदस्य शर्मिला थापा, केन्द्रीय लेखा आयोग  सदस्य भीमराज खरेलको उपस्थितिमा सो निर्णय गरिएको थियोे ।

साथै ७ जनाको कार्यालय र २१ सदस्यीय सचिवालय समेत बैठकले गठन गरेको छ । कार्तिक १ गते पार्टी कार्यालयमा मनोनीत सदस्यहरुलाई सपथ तथा प्रमाणपत्र वितरण गरिने जिल्ला सह संयोजक टेकेन्द्र मल्लले बताए ।
हेर्नुहोस् लिष्ट


प्रतिक्रिया