अनेरास्ववियू बाँकेको एकतामा असन्तुष्ट विद्यार्थी नेताहरुले बुझाए केन्द्रीय कमिटीलाई असन्तुष्टि पत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भातृ संगठनको एकीकरण प्रक्रिया अन्तर्गत बाँके जिल्ला अनेरास्ववियूको एकता प्रक्रिया मा विवाद समाधान गर्नका लागि साविकका जिल्ला स्तरीय विद्यार्थी नेताहरुले अनेरास्ववियू केन्द्रीय कमिटीका संयोजक र सह संयोजकलाई असन्तुष्टि पत्र बुझाएका छन् ।

अनेरास्ववियु बाँके को एकता मा संयोजक  र सह संयोजक ले विधिप्रकृया विधान एकताको सर्कुलर र संगठनका स्थापित मान्यता भन्दा बाहिर गएर मनोमानिगरेर एकता टुंगोमा पुर्याएको विद्यार्थी नेताहरूले आरोप लगाएका छन् ।

संगठनको एकता भन्नाले साबिक को अनेरास्ववियु जिल्लाकमिटी र साबिक को अखिल क्रान्तिकारी जिल्ला कमिटीको एकता हुनु पर्ने हो तर संयोजक र सह संयोजकले संगठनको विधि बिधान र सर्कुलर भन्दा बाहिर गइ कमिटी गठन गरेको र सिनियरको आधारमा पुराना साथीहरूलाई समावेश गरि पुनः एकता गठन गर्नका लागि विद्यार्थी नेताहरु सुमन घिमिरे ,  प्रकाशमान सिंह, प्रकाश खड्का, विकास थापा, आर एन बस्नेत,  दीक्षा मल्ल, एलिसा सिंह ठकुरी, रविन्द्र सिंह ठकुरी,  रबि कुमार बराइली, टेकराज आचार्य लगायतले हस्ताक्षर गरेर पत्र बुझाएका छन् ।

विद्यार्थी नेताहरुले आज माउ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँके जिल्ला पार्टी अध्यक्ष आइ पी खरेल र पार्टी सचिव अशोक कोइरालालाई पनि उक्त पत्रको बोधार्थ बुझाएका छन् ।


प्रतिक्रिया