अत्यधिक चिसो बढेकाले नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरुमा ३ दिन बिदा दिने निर्णय

नेपालगन्ज : चिसो अत्यधिक बढेको भन्दै नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका सामुदायिक, संस्थागत, धार्मिक विद्यालयहरुमा माघ १९ गतेदेखि २१ गते सम्म ३ दिनसम्म बिदा दिने निर्णय गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उप सचिव गोरख बहादुर थापाले सूचना प्रकाशित गरि चिसो बढेकाले तीन दिनसम्म बिदा दिन सम्पूर्ण विद्यालयहरुलाई सर्कुलर गरिएको छ । यदि उक्त दिन पश्चात् पनि यस्तै प्रतिकुल मौसम रहेमा २३ गतेसम्म थप बिदा दिन सकिने उक्त सूचनामा लेखिएको छ ।
हेर्नुहोस् सर्कुलर :

प्रतिक्रिया